सार्वजनिक बस चढेर वडा कार्यालय पुगे पोर्चुगलका प्रधानमन्त्री
२०७५ पुस २० गते

पुस २०, काठमाडौँ । पोर्चुगलका प्रधानमन्त्री आन्तोनियो कोस्ताको एउटा तस्वीर भाइरल भएको छ । उनी सर्वसाधारणसँगै स्थानीय रुटको गाडी चढेर वडा कार्यालयमा गएको तस्वीर भाइरल भएको हो ।
तस्वीरमा उनकी श्रीमती र अन्य सर्वसाधारणहरु देख्न सकिन्छ । प्रधानमन्त्री एन्तोनियो बिहीबार बिहानै राजधानी लिस्बनको ७४६ रुटको सार्वजनिक बसको यात्रामा श्रीमतीका साथमा भेटिएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।
null
उनी श्रीमतीको साथमा आफ्नो घरको ठेगाना नागरिक वडा कार्यालयमा सच्याउन गएको समाचारमा उल्लेख गरिएको छ। प्रधानमन्त्री कोस्ता सुरक्षा गार्ड बिना श्रीमतीको साथमा यात्रा गर्ने गर्छन्।
नेपालको सन्दर्भमा भने यस्तो दृश्य देख्न मुश्किल छ ।
२०७५ पुस २० गते
प्रतिक्रिया
सम्बन्धित








