अवैध रुपमा संचालित ऐलेन कलेजले विद्यार्थीलाई ठग्दै

माघ ७, ईनरुवा । सुनसरी सदरमुकाम इनरुवा १ स्थित अबैध रुपमा संचालित ऐलेन कलेज अफ ईन्जिनियरिङ प्रा.ली. ईनरुवाले अवैध रुपमा विद्यार्थीबाट रकम असुल गर्ने गरेको रहस्य सार्वजानिक भएको छ ।  

ऐलेन कलेज अफ ईन्जिनियरिङ  प्रा.ली. ईनरुवाले विद्यार्थीलाई बिभिन्न प्रलोभनमा पारेर बढी शुल्क लिएर विद्यार्थी भर्ना गर्ने गरेको पाईएको छ । CTEVT बाट मान्यता प्राप्त भन्दै नियम अनुसार दर्ता नै नभएका ऐलेन कलेज अफ ईन्जिनियरिङ प्रा.ली. इनरुवाले अभिभावक र बिद्यार्थीहरुलाई ठग्दै आएको छ । सम्बन्धित निकायको सम्बन्धन बिना नै CTEVT बाट मान्यता प्राप्त भन्दै नियम अनुसार लाग्ने शुल्क भन्दा बढी शुल्क लिई सो कलेज computer system administer and developer तालिम अबैध रुपमा संचालित गर्दै आएका हुन् ।  

उक्त कलेजले यस क्षेत्रका युवा तथा विद्यार्थीहरुलाई प्रलोभनमा पारी तालिमको बहानामा न्युनत्तम सेवा समेत प्रदान नगरी प्रति विद्यार्थीबाट रु १,२५,०००। (एक लाख पच्चिस हजार) रुपैँया ठगि गर्दै आएको स्थानीय अभिभावक तथा विद्यार्थीहरुको भनाई छ ।  

null

सुनसरी सदरमुकाम ईनरुवाको मुख्य बजार क्षेत्रमा विगत दुई बर्ष देखी संचालनमा रहेको ऐलेन कलेज अफ ईन्जिनियरिङ प्रा.ली. इनरुवाले विद्यार्थी तथा अभिभावकलाई CTEVT बाट मान्यता प्राप्त कलेज भन्दै ठगि गर्दै आएको हो । ऐलेन कलेज अफ ईन्जिनियरिङ प्रा.ली अबैध रुपमा संचालन रहेको भएपनि आजसम्म कारवाही भएको छैन ।  

सो कलेजले बिगत २ बर्षदेखी अवैध रुपमा कलेज संचालन गरेर लाखौंको राजश्व छलि गरिरहेको छ । सो कलेजले विद्यार्थी र अभिभावकलाई ठगि गरीरहेको गुनासो बढेपनि सम्बन्धित निकायको वेवास्ताका कारण त्यहाँ अध्ययनरत्त विद्यार्थीको भविष्य अन्यौलमा पर्दै जान थालेको छ । अवैध रुपमा संचालनमा रहेको ऐलेन कलेज अफ ईन्जिनियरिङ प्रा.ली.लाई तत्काल कारवाही गरेर विद्यार्थीको भविष्यमाथीको खेलवाड अन्तय गरिनुपर्ने हरिनगर गाउँपालिका २ का कौशलकिसोर कर्णले माग गरेका छन् ।  

कर्णले ऐलेन कलेज अफ ईन्जिनियरिङ प्रा.ली. को बारेमा आवश्यक छानविन गरी कार्वाही गरी पाउँ भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीमा निवेदन पठाएका छन् । कर्णले ऐलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लीले अवैध रुपमा दर्ता नै नभएर संचालमा आएका सो कलेजले विद्यार्थीको भविष्य र अभिभावको रकम समेत ठगि रहेका भन्दै अख्तियारमा उजुरी गरेका हुन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 4 =