कांग्रेस बैठक बस्दै, सरकारविरुद्ध सडकमा उत्रिने तयारी

 

माघ १३, काठमाडौँ । नेपाली कांग्रेसको विरोध तथा असहमतिका बीच पनि सरकारले चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरेपछि कांग्रेस आन्दोलनमा उत्रिने तयारीमा जुटेको छ । 

सरकारविरुद्ध आइतबार कांग्रेसका भातृ संगठनहरुः तरुण दल, नेपाल विद्यार्थी संघ (नेविसंघ) र महिला संघ सरकारविरुद्ध सडक संघर्षमा उत्रने भएका हुन् । उनीहरुले काठमाडौँमा सयुक्त विरोध जुलुस निकाल्दै छन् । 

null

कांग्रेस पार्टीका तर्फबाट गरिने विरोधका कार्यक्रमबारे भने आज बस्ने केन्द्रीय समितिको बैठकले तय गर्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

आज दिउँसो बस्ने बैठकले नेविसंघको महाधिवेशनलगायत संसदमा सरकारले देखाएको कार्यशैलीविरुद्ध कसरी उत्रने भन्ने विषयमा छलफल गर्ने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *