ग्यास भरिएको ड्रम पड्किएर एकको मृत्यु

माघ ८, उर्लाबारी । मोरङ बेलबारी नगरपालिका– ११ मा आज बिहान ग्यास भरिएको ड्रम पड्किएर एक मजदूरको मृत्यु भएको छ । 

सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आइरहेका ३७ वर्षीय मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए । 

वेल्डिङको काम गर्ने क्रममा ड्रम पड्किएर शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका बराईलीको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 17 =