सार्वजनिक सुनुवाईमा मेयरको प्रतिबद्धता

 

दुहवी, पुस २४ । सुनसरीको दुहवी नगरपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । 

दुहवी नगरपालिकाको नयाँ भवनमा मंगलबार भएको सार्वजनिक सुनुवाइमा स्थानियहरुले दुहवी बजार, हटिया, फेहोर मैला व्यवस्थापन गर्नुपर्ने, दोहोरो कर हटाउनु पर्ने लगायतका कुरा राखे । 

null

यसैगरी दुहवी नगरपालिकाका वडाध्यक्ष, कर्मचारीहरुले गरेको ढिला सुस्ती र लापरवाही, उपमेयरको फितलो अनुगमन, केहि वडाहरुमा खानेपानी समेतको व्यवस्था नभएको, सुकुम्वासी समस्या समाधान गर्नुपर्ने लगायतका गुनासो गरे । 

दुहवी नगरपालिकाको प्रमुख नीतिमा स्थानिय संचार गृहलाई बिशेष प्राथमिकता दिने भनिएपनि सो अनुरुप काम नभएको, स्थानिय सञ्चारकर्मीहरुसँग सहकार्य न गरि आफुखुसी सार्वजनिक सुनुवाइ गरेको भन्दै स्थानिय सञ्चारकर्मीहरुले गुनासो गरेका थिए । 

दुहवी नगरपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाइलाई हिमशिखर टेलीभिजनको प्राविधिक सहयोगमा सम्पन्न गरिएको थियो । सार्वजनिक सुनुवाइमा दुहवी नगर पालिकाका मेयर बेदनारायण गच्छदारले चालु र पुजींगत बजेट तर्फ ३५ प्रतिशत खर्च भइसकेको, नगर स्तरिय महत्वकांक्षि योजनाको विषयमा जानकारी दिए । 

कार्यक्रममा स्थानीय निकायबाट उपलब्ध सेवा वस्तु र सुविधाका सम्बन्धमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरिकहरुबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्ने नगरपालिकाका मेयर गच्छदारले प्रतिबद्धता ब्यक्त गरे । 

भने, दोहोरो संम्वादबाट सेवा प्रदायक र सेवाग्राही बीचको दुरी कम गरी सेवा वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने बताए । 

सार्वजनिक सुनुवाईमा दुहवी नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरुले जनताको प्रश्नको जवाफ दिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *