मलेसियामा घरको चौथो तल्लाबाट खसेर एक नेपालीको मृत्यु

 

पुस १७, काठमाडौँ । मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मलेसियाको बयन बारु नजिकै आइतबार बिहान घरको चौथो तल्लाबाट खसेर उनको मृत्यु भएको मलेसियाली प्रहरीले जनाएको छ । 

जर्ज टाउनस्थित सुपर मार्केटमा सेल्सम्यान रहेका २४ वर्षीया सन्दीप बोटको मृत्यु भएको हो । 

null

आफूसँगै काम गर्ने केटी साथीलाई भेट्न गएका उनको केटी साथीको कोठाबाट भाग्ने क्रममा खसेर मृत्यु भएको मलेसियन सञ्चार माध्यमले जनाएको छ । 

केटी साथीको बिहेका लागि मगनी भइसकेको र केटी साथीसँग रहेकै बेला अकस्मात् हुनेवाला श्रीमान् कोठामा आइपुगेपछि उनी भाग्न खोज्दै गर्दा उक्त दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *