काँग्रेस पार्टी कार्यालयमा नेविसंघको प्रदर्शन
माघ १०, काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कांग्रेसको केन्द्रिय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।
तत्काल महाधिवेशनको माग गर्दै नेविसंघका नेताहरुले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका हुन् ।
null
चावहिलस्थित पशुपति क्याम्पसमा भेला भएर मोटरसाइकल र्यालीसहित पार्टी कार्यालय पुगेका नेविसंघका कार्यकर्ताले ‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन’ भन्दै नाराबाजी समेत गरेका थिए ।
नेविसंघको कार्यकाल सकिएपनि म्याद थपेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
नेपाली कांग्रेस महासमिति बैठकले पारित गरेको पार्टीको विधानमाथि आएका सुझावअनुसार विधानलाई परिमार्जन गरेर अनुमोदन गर्ने तयारीका साथ बिहीबार केन्द्रीय समिति बैठक डाकेको छ ।
बैठकले विधान अनुमोदनसँगै २ माघमा म्याद सकिएको नेविसंघको वर्तमान कार्यसमितिको म्याद चौथोपटक थप गर्ने वा तदर्थ समिति बनाउने भन्नेमा समेत निर्णय लिइने बताइएको छ ।
कूल १६५ सदस्य रहेको कार्यसमितिका ५२ पदाधिकारीले राजीनामा दिइसकेका छन् । उनीहरुले महाधिवेशनका लागि नयाँ तदर्थ समिति बनाउनु पर्ने माग गरेका छन् ।