अजिंगरमाथि भ्यागुताको सवारी !

 

पुस २१ । सर्प र अजिंगरले भ्यागुताको शिकार गरेको त देखिएकै छ तर तीनको शरीरमा भ्यागुताको सवारी भने देखा परेको थिएन । यस्तै अनोठो दृश्य देखियो अष्ट्रेलियामा । 

अष्ट्रेलियामा तुफान आइरहेको थियो । मानिस, पशुपंक्षी सबै सुरक्षित स्थानको खोजीमा थिए । यस्तैमा एकदमै फरक दृश्य देखियो उत्तरी अष्ट्रेलियामा । त्यहाँ लगभग एक दर्जन भ्यागुता अजिंगरको शरीरमा चढेर सुरक्षित स्थानमा जाने प्रयासमा देखिए । 

null

उक्त तस्विर एक किसान पाल माकले खिचेका हुन् । यो घटना उनको खेतमै भएको हो । कुनुनूर्रा तूफान पश्चात् उनी खेतको निरिक्षणका लागि गएका थिए । जहाँ यस्तो दृश्य देखेर उनी चकित भए र उनले तस्विर पनि लिन भ्याए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *