निर्मलाका घर पुगेर कांग्रेस प्रवक्ता विश्वप्रकाशले के भने ?

 

माघ ७, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सोमबार बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घरमा पुगेका छन् । 

निर्मलाको घर पुगेर परिवारसँग भेटघाट गर्दै प्रवक्ता शर्माले निर्मलाका हत्यारा पत्ता लगाउन कांग्रेसले सडक र सदन दुबै ठाउँबाट संघर्ष गर्ने बताए । 

null

पन्त हत्या प्रकरणमा गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन काङ्ग्रेसले दबाब दिँदैं आएको बताउँदै उनले भने, ‘निर्मला प्रकरणमा सरकार दोषी उम्काउन लागि परेको छ । तर कांगे्रसले सरकारविरुद्ध सडक र सदन दुवै ठाउँबाट संघर्ष गर्नेछ । घटनास्थलबाटै भएका कमी कमजोरी वा लापरबाहीबाट अनुसन्धान थाल्नेछौँ ।’ 

प्रवक्ता शर्मासँग निर्मलाकी आमा दुर्गादेवीले सत्यतथ्य छानबिन गरी हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गरेकी थिइन् । 

यसैगरी प्रवक्ता शर्माले वर्तमान सरकार जनताको जनजीविकासँग गम्भीर नभएको आरोप लगाए। 

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले दुईतिहाइ बहुमतको सरकारका पालामा देशमा अशान्ति, महङ्गी तथा भ्रष्टाचार निकै बढेको बताए। 

उनले जनताका दैनिक उपभोग्यका वस्तुमा मूल्य आकासिँदासमेत सरकार त्यसतर्फ उदासीन बनेको बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 15 =