ग्लोबल आइएमई बैंकका सीईओको राजिनामा स्वीकृत

 

माघ ९, काठमाडौँ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ७ माघमा बुझाएको राजिनामा ८ माघमा स्वीकृत भएको छ। 

बैंकको सञ्चालक समितिले ९ माघदेखि लागू हुने गरी राजिनामा स्वीकृत गरेको कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटाले जानकारी दिए। 

null

उक्त बैंकमा सञ्चालक समितिको हस्तक्षेप बढेको बताउँदै यसअघि पनि सीईओ फेरिने गरेका थिए। यसअघि नबिल बैंक छोडेर ग्लोबल आईएमई आएका अनिल ज्ञवालीले पनि सञ्चालक समितिसँग विवादपछि कार्यकाल नसकिँदै पद छाडेका थिए। 

त्यसबखत सञ्चालक समितिसँग नजिक रहेका भनिएका पौड्याल नयाँ सीईओ बनेका थिए। उनले पनि कार्यकाल सकिनुअघि नै बैंक छाडेका छन्। उनको कार्यकाल १२ मंसीर २०७८ सालसम्म थियो। 

ज्ञवालीको राजिनामापछि २९ भदौ २०७४ मा ग्लोबलको कायममुकायम सीईओ नियुक्त भएका पौड्याल १३ मंसिर २०७४ मा सीईओ बनेका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =