ब्रेक्सिट सम्झौता संसदद्वारा बहुमतले खारेज, प्रधानमन्त्रीको भविष्य अन्यौलमा

 

माघ २, काठमाडौँ । ब्रेक्सिट सम्झौता अर्थात् यूरोपीयन संघबाट ब्रिटियन प्रधानमन्त्री टेरीजा मे को योजना संसदले भारी बहुमतले खारेज गरेको छ । 

टेरीजा मे को योजना ४३२ सांसदले खारेज गरेका हुन् । उनलाई केबल २०२ सांसदको मात्रै समर्थन मिल्न सक्यो । 

null

यहाँसम्म कि स्वयम् टेरीजा मे काे कन्जरभेटिभ पार्टीका ११८ सांसदले विपक्षी पार्टीका पक्षमा मिलेर सम्झौता विरुद्ध भोट दिए । विपक्षी लेबर पार्टीका तीन सांसदले भने टेरीजाकाे समर्थन गरेका थिए । 

 

बेलायतमा कुनै पनि सरकारले संसदमा पेश गरेका विधेयक वा योजनामा यो अहिलेसम्मकै ठूलो हार हो । 

प्रधानमन्त्री टेरीजाको योजनामाथि मिलेको यो ऐतिहासिक हारपश्चात् विपक्षी लेबर पार्टीले सरकार विरुद्ध अविश्वासको मत दर्ता गरेको छ । 

लेबर पार्टीका नेता जेरेमी कोर्बिनले संसदले ‘जसरी प्रधानमन्त्रीको ब्रेक्सिट सम्झौता खारेज गरेका छन्, त्यसबाट साफ छ कि सरकारले सदनको विश्वास गुमाइसकेको छ’, भने । उनले सरकाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि बुधबार छलफल हुने बताए । 

यससँगै मेको भविष्य अन्यौल बनेको छ। तर मेको समर्थनमा रहेको सांसदले आफूहरु मेको विपक्षमा नभएर ब्रेक्जिट सम्झौताको विपक्षमा रहेको बताए। 

आज बुधबार अविश्वासको प्रस्ताव पेश भएको विषयमा छलफल हुनेछ। तर उनले संसदमा विश्वासको मत नजिते उनलाई १४ दिनको समय सिमा दिइनेछ। 

 

यदी त्यस समयमा समेत विश्वासको मत जित्न नसके सरकारको अस्तीत्व रहँदैन। प्रणाली अनुसार आम चुनावको घोषणा हुनेछ। आम चुनाव २५ दिन पछिमात्र हुने वेलायती प्रावधान छ। 

चुनावसँगै नयाँ सरकार बन्नेछ। यद्यपी उनले विश्वासको मत जित्ने अनुमान गरिएको बीबीसीले उल्लेख गरेको छ । 

विश्वासको मत जिते के हुन्छ? 

वेलायलते ब्रेग्जिट मुद्धामा सन् २०१६ जुन २३ तारिखमा जनमत संग्रहको आयोजना गरेको थियो। मतदाताले यूरोपेली संघबाट अलग्गिने पक्षमा मतदान गरेका थिए। 

जनमत संग्रह भएको केहि दिनमै टेरिजा मे वेलायतकी प्रधानमन्त्री बनेकी थिइन्। उनले सन् २०१७ मार्च २९ तारिखमा ब्रेग्जिट प्रक्रिया सुरु गरेकी थिइन्। 

तर ब्रेग्जिटको योजनालाई लिएर सत्ताधारी पार्टी भित्रै मेको आलोचना भइरहेको छ। इयूको कानुन अनुसार वेलायत दुई वर्षपछि अर्थात मार्च २९, २०१९मा इयूबाट अलग्गिन पाउँछ। 

यदी मेले संसदमा विश्वासको मत जिते उनले ब्रेक्जिट सम्झौता संसदमा स्वीकृत गर्न फेरी अपिल गर्न सक्नेछिन्। 

उनी यूरोपेली संघमा फेरी छलफल गरी एक नयाँ सम्झौताका साथ संसदमा जान सक्छिन्। ब्रेक्जिटकै विषयलाई लिएर उनले फेरी जनमत संग्रहको आह्वान गर्न सक्छिन्। 

तर सबै उपायले काम गर्न नसके यूरोपेली संघसँग कुनै सम्झौता र प्रकृया बिनै मार्च २९ का दिन वेलायत इयूबाट बाहिरिन सक्छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *