डा. गोविन्द केसीको समर्थन गर्दै माइतीघरमा लागेका नारा

 

माघ १२, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै १६ औँ पटक अनशनरत डा. गोविन्द केसी प्रति समर्थन जनाउँदै राजधानीमा आज (शनिबार) प्रदर्शन भएको छ । सोलिडारीटी अफ डा. केसी अलाइन्सको आयोजनामा काठमाडौंको माइतीघरबाट वानेश्वरसम्म विरोध प्रर्दशन भयो । 

प्रर्दशनमा सहभागीले हिजो संसदले पारित गरेको चिकित्सा वियेकको समेत विरोध गर्दै सरकारलाई मेडिकल माफियासँग मिलेको आरोप पनि लगाए ।  

null

 

प्रर्दशनकारीले ‘माफिया मुखी ऐन चाहिँदैन, डा. केसीसँग भएको सम्झौता तोडमोड गर्न पाईदैन’, ‘ओली सरकारको मन्त्र, नागरिकलाई झुटतन्त्र’, ‘सरकार जनताको हो कि माफियाको’ लगायतका नारा लगाएका छन् । प्रर्दशनमा विद्यार्थी, चिकित्सक तथा बौद्धिक क्षेत्रका ब्यक्तिको समेत सहभागिता रहेको थियो ।  

यता ५ दिने स्विजलेण्ड भ्रमणमा गएर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारसँग डा. केसीको अनसनको औचित्य नरहेको जिकिर गरेका छन् ।  

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *