मन्त्री पण्डित आधादर्जनबढी कार्यक्रम भ्याएर पुन काठमाडौंमा

 

माघ ४, बिराटनगर । बिराटनगर । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित मन्त्री भएता पनि जनताका गुनासा र पिर मर्का बुझ्ने नेतामा मध्येमा एक पर्छन् । उनले धेरै पल्ट आफ्नो गृह जिल्ला तथा निर्वाचन क्षेत्रमा आएर जनताका गुनासा र पिर मर्का बुझ्ने गरेका छन् 

उनी हालै पनि गृह जिल्ला मोरङ आएर बिभिन्न कार्यक्रमहरुमा सहभागी भएर काठमाडौं फर्किएका छन् । गृह जिल्ला आउँदा आफ्नो निवास समेत नपुगि सर्वसाधारण जनताको घरमै बसेर बिभिन्न कार्यक्रमहरु भ्याउने गरेका मन्त्री पण्डित यस साता पनि आधा दर्जन बढी कार्यक्रमहरुमा सहभागी भएर काठमाडौं फर्किएका हुन् । 

null

 

मन्त्री पण्डितले गृहनगर आएर आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत विराटनगर–४ ईक्राही स्थित जनता आधारभुत विद्यालयका १७५ विद्यार्थीलाई विद्यालय पोसाक तथा स्वीटर वितरण गरेका छन् । उनले जाडोकै कारण विद्यालय आउँने विद्यार्थीको संख्यामा कमी आइरहेको भन्दै जाडोबाट बच्न न्यानोका लागि स्वीटर र पोसाक वितरण गरेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का १ नं. प्रदेश कमिटि सदस्य सत्यनारायण चौधरीले जानकारी दिए । 

 

त्यस्तै मन्त्री पण्डितले बुढीगंगामा अन्तराष्ट्रिय महिला कबड्डी खेलको उद्घाटन पनि गरेका छन् । त्यस्तै औद्योगिक प्रशदर्शनी स्थलका लागि विराटनगर महानगरपालिका र उद्योग संगठन मोरङ विच भएको सम्झौता कार्यक्रममा सहभागिता, विराटनगरमा निर्माण हुन लागेको भ्यूटावर र मन्दिर निर्माणका लागि सम्झौता, बुढीगंगा गाउँपालिका वडा नं. ३ र ४ का जनतासँग भेटघाट तथा योजनाहरुका विषयमा छलफल, बिराटनगर पञ्चालीमा जनतासँग भेटघाट तथा योजनाहरुका विषयमा छलफल, त्यस्तै बिराटनगर स्थित अतिथी सदनमा अगुवा कार्यकर्ता भेला तथा मन्त्रालयका बिभिन्न योजनाका विषयमा छलफल, बिराटनगर–५ जामुनगाछीमा मन्त्रालयको लगानीमा निर्माण हुने सामुदायीक भवनका विषयमा जनतासँग छलफल तथा अन्तरकृया गरेका हुन् । 

उनले २ दिनमा आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न नगर तथा गाउँपालिकाका वडामा पुगी जनता सँग छलफल तथा राय लिएको नेता चौधरीले बताए । मन्त्री पण्डित महिनामा २ देखी ३ पटक सम्म आफ्नो निर्वाचन क्षेत्र आउने गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *