हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै विराटनगरमा राप्रपाको जुलुस

माघ ८, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीको तराई–मधेश संगठनले विराटनगरमा जुलुस प्रदर्शन तथा घरदैलो कार्यक्रम गरेको छ ।
हिन्दू राष्ट्र पुर्नस्थापनाको माग गर्दै राप्रपाले जुलुस प्रदर्शन तथा घरदैलो कार्यक्रम गरेको हो ।
null
माघ ७ गते र ८ गते जुलुस र घरदैलो कार्यक्रम गर्ने पार्टीको घोषणा अनुसार कार्यक्रम गरिएको आयोजक पार्टीका तराई–मधेस विभाग प्रमुख दिनेश साहले जानकारी दिए ।
सो क्रममा स्थानीय गुद्री चौकबाट निकालिएको जुलुसले नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको जुलुसजलजलाचोकबाट मेनरोड हुँदै विराटनगर महानगरपालिकासम्म पुगेको थियो ।
जुलुस समापन लगत्तै सो ठाउँमा कोणसभा भएको थियो । कोणसभामा बोल्दै आयोजक संगठनका प्रमुख साह, पार्टीका दलित नेता हिरालाल सेन्चुरी लगायतले धर्म निरपेक्षता खारेज गर्नुपर्ने माग गरेका छन ।
उनीहरुले नेपाली जनभावनाविपरीत देशलाई धर्म निरपेक्ष घोषणा गरिएको दाबी गर्दै देशलाई फेरि हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताए ।








