मौसममा सुधार आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

 

माघ १३, काठमाडौँ । मौसममा सुधार आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरण सुचारु भएको छ । 

मौसममा आएको खराबीका कारण आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान अवतरण बन्द भएको थियो । 

null

भिजिबिलिटी एकदमै कम भएपछि विहानैदेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका थिए । 

टाढाबाट आएका विमानहरु नजिकको एयरपोर्टमा डाइभर्ट भएको र नजिकका एयरपोर्टबाट काठमाडौं हुने उडान रोकिएको हो । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *