चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा आज माइतीघरमा प्रदर्शन

२०७५ माघ १२ गते

काठमाडौं। सरकारले डा गोविन्द केसीसँग विगतमा गरेको सहमतिविपरीत संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा माइतीघरमा प्रदर्शन हुने भएको छ।
चिकित्सा शिक्षा विधेयक सहित ६ बुँदे माग राखेर १९ दिनदेखि डा केसी आमरण अनसनमा छन्। सहमति विपरीतको विधेयक पारित गरेर संसदले तीन करोड नेपालीलाई धोका दिएको भन्दै डा केसीले अनसन जारी राखेका छन्।
डा केसीको जीवन रक्षा र उनको माग पूरा गर्न सोलिडारिटी फर डा केसी अलायन्सले आज मध्याह्न १२ बजे माइतीघरमा प्रदर्शन गर्ने भएको हो।
null
माइतीघरमा भेला भएर त्यसपछि उक्त प्रदर्शन बानेश्वरतर्फ जाने डा केसीको समर्थनमा ऐक्यबद्धता अभियानका अभियन्ता प्रितम सुवेदीले जानकारी दिए।
उनले सामाजिक सञ्जालमार्फत प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको बताए।

२०७५ माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित