डा. केसीको अनशनलाई बेवास्ता गर्दै विधेयक तत्कालै पारित गराउने सत्तापक्षको तयारी

काठमाडौं –डा. गोविन्द केसीले आपत्ति जनाएर अनशन सुरु गरेको विधेयकलाई प्रतिनिधिसभाको सोमबारको बैठकको सम्भावित कार्यसूचीमा राखिएको छ । विधेयक तत्कालै पारित गराउने सत्तापक्षको तयारी छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।  

समितिबाट प्रतिवेदन संसद्मा पेस भएको चिकित्सा शिक्षा विधेयक सम्भावित कार्यसूचीमा राखिएको संघीय संसद् कार्यव्यवस्था परामर्श समितिका अधिकृत राजन घिमिरेले जानकारी दिए । 

‘सम्भावित कार्यसूचीमा रहँदैमा पारित भइहाल्छ भन्ने होइन । सभामुखले कार्यसूचीबाट हटाउन पनि सक्नुहुन्छ,’ उनले भने । 

null

गत १० साउनमा सरकारले डा। केसीसँग गरेको नौबुँदे सहमति हुबहु विधेयकमा समावेश गर्न नेकपाका सांसद देव गुरुङ, कृष्णभक्त पोखरेल र शान्ता चौधरीले संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएका थिए । विधेयक र संशोधन प्रस्तावमाथि छलफल गर्न संसद्ले गत १३ भदौमा जयपुरी घर्ती सभापति रहेको शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको थियो । 

समितिले विधेयकमाथि परेका संशोधनलगायत विवाद समाधान गर्न भैरवबहादुर सिंहको संयोजकत्वमा ११ असोजमा उपसमिति गठन ग(यो । विधेयकको विषयवस्तुमाथि उपसमितिभित्र विवाद भएको थियो । 

 कांग्रेसका सांसदले सहमति हुबहु समेटिनुपर्ने अडान लिए पनि सत्तापक्षका सांसदले बहुमतबाट प्रतिवेदन पास गरेका थिए । उपसमितिले पारित गरेको प्रतिवेदनलाई समितिले पनि २५ पुसमा अनुमोदन गर्दै प्रतिनिधिसभामा पेस गरिसकेको छ ।  

उक्त विधेयक सोमबारको प्रतिनिधिसभा बैठकबाट पारित गर्ने गरी सम्भावित कार्यसूचीमा राखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *