सुविधा सम्पन्न उप–महानगरपालिकामै जान मान्दैनन् एम्बुलेन्स

पुस २१, धरान । नेपाल सरकारले प्रत्येक स्थानीय तहमा विद्यालय, स्वास्थ्य चौकी, खानेपानी, बैंङकिङ कारोबार जस्ता नीति ल्याएपनि सुनसरी जिल्लाकै सुगम मानिएका धरान उप–महानगरपालिकामै एम्बुलेन्स समेत पुग्न सकेको छैन ।
धरान उपमहानगरपालिका वडा नं. ५ देवी गाउँमा हालसम्म कुनै पनि व्यक्ति बिरामी पर्दा टेम्पो र रिक्साको सहारा लिनुपर्ने अवस्था छ । उक्त स्थानमा बाटो–घाटोका कारण एम्बुलेन्स जान नमान्दा सर्वसाधारण भने साना–साना गाडी देखी तीन पाङग्रे गाडीकै सहारामा आफ्नो समस्या टार्ने गरेका छन् ।
null
धरानको देवीगाउँ ग्रामीण भेग समावेश भएको स्थानीय तह हो । यस गाउपालिकामा कुलुङ राई र बिश्वकर्मा समुदायको बाहुल्यता भएका बासिन्दाहरुको बसोबास छ । करिब ६ सय घर भएको सो स्थानका ब्यक्तिहरुका लागी स्वास्थ्य संस्थासम्म पु¥याउने साधन एम्बुलेन्स नहुँदा बिरामीको ज्यानै जाने चुनोतिका साथ जुध्दै आइरहेका छन् ।
एम्बुलेन्स सञ्चालकहरु सुगम स्थानमा मात्र जाने गरेकाले पनि त्यस क्षेत्रका नागरिक जोखिम मोलेरै भएपनि तीन पाङग्रे सवारी साधनकै भरमा अस्पताल पुग्छन् ।
घर नजिक स्वास्थय चौकी समेत नहुँदा त्यहाँका बासिन्दा करिब ३÷४ किलोमिटर टाढा बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महँगो टेम्पो भाडा तिरी समस्या टार्ने गरेको नेपाल बिश्वकर्मा युवा मञ्च देवी गाउँका अध्यक्ष गोबिन्द्र बिश्वकर्माको भनाइ छ ।
सरकारले स्थानीय तहमा सबै सुविधा दिने आश्वासन दिएपनि देवी गाउँमा बाटोघाटोका लागी ट्रयाक खोल्नु बाहेका अन्य कुनैपनि काम भएको देखिदैन ।
मञ्चका अध्यक्ष बिश्वकर्माका अनुसार एम्बुलेन्स समस्यालाई मध्येनजर गर्दै हाल मञ्चकै पहलमा गाउँमा नै एम्बुलेन्स खरिद गर्ने उद्देश्यले नयाँ अभियान सुरु गर्न लागिएको छ ।
जस अन्र्तगत आज (शनिबार) देवीगाउँ वडा नं ५ मा पत्रकार सम्मेलन गरी मानवीय सेवाका निम्ति एम्बुलेन्स खरिद सहयोगार्थ अभियान चलाएको अध्यक्ष बिश्वकर्माले जानकारी दिए ।
सम्मेलनमा बिश्वकर्माले देवी गाउँमा करिब ३२ घर रहेको र हरेक घरबाट ३५ सय रुपैयाँका दरले रकम संकलन गर्ने र अपुग रकम अन्य सहयोगी दाताहरुबाट संकलन गर्ने बताए ।
सम्मेलनमै बिश्वकर्माले यदि देवी गाउँमा एम्बुलेन्स खरीद गरी ल्याइयो भने करिब ५ देखि ६ हजार व्यक्तीलाई सेवा सुविधा दिन सकिने बताए ।
त्यस्तै मञ्चले सञ्चालन गरेको सो अभियान सफल बनाउन तथा एम्बुलेन्स खरिद गर्नका लागी करिब १२ लाख रुपैयाँ लाग्ने र सो आर्थिक सहयोग संकलनका निम्ति विभिन्न कार्यक्रमहरु समेत गरिने लक्ष्य रहेको बिश्वकर्माले जानकारी गराए ।








