नदीको छालमा परेर युवा बेपत्ता

माघ १, भतरपुर । त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाट बेणिमा पौडी खेल्ने क्रममा एकजना युवा बेपत्ता भएका छन् । आज बिहान ९ः३० बजे नदीमा पौडी खेल्न गएका नवलपुर गँैडाकोटका २४ वर्षीय अमृत भनिने चित्रबहादुर गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए । 

तनहुँतर्फबाट पोडी खेल्दै नवलपुरतर्फको भागमा पुगेका गुरुङ फर्कने क्रममा नदीको छालमा परेर बेपत्ता भएको अर्यालले बताए । उनी कान्तिपुर पब्लिकेशनको भरतपुर कार्यालयमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । बेपत्ता गुरुङको सशस्त्र प्रहरीको विपत् व्यवस्थापन केन्द्र कुरिनटार चितवनबाट खटिएको टोलीले खोजी गरिरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *