पोलिमर नोट प्रकरणः पूर्व गभर्नर रावल १० लाख धरौटीमा रिहा

 

माघ ७, काठमाडौँ । पोलिमर नोट छपाइ घोटाला प्रकरणमा पक्राउ परेका आरोपी पूर्व गभर्नर तिलक रावल १० लाख धरौटीमा रिहा भएका छन् । 

रावलविरुद्ध ९१ लाख रुपैयाँको बिगो दावीसहितको मुद्दा परेको थियो। विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीश रत्नबहादुर बागचन्द र सदस्य न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले रावलसँग १० लाख धरौटी माग गरेको हो । 

null

अदालतमा उपस्थित भएका रावलले १० लाख रूपैयाँ बुझाएर धरौटीमा रिहा भएका हुन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पुस २०७५ मा रावलसहित नेपाल राष्ट्र बैंक, नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौडयाल र स्थानीय एजेन्ट हिमालयबहादुर पाण्डेविरूद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेको हो। 

यस विषयमा अस्ट्रेलिया सरकारको करप्सन एन्ड क्राइम कमिसनले पनि अस्ट्रेलियाको संघीय प्रहरीलाई छानबिन गर्न लगाएको थियो। 

पोलिमर नोट छाप्न नेपाल राष्ट्र बैँकले आर्थिक वर्ष २०५८/५९ मा अनुमति दिएको थियो। 

नेपाल राष्ट्र बैंकले अष्ट्रेलियामा र १० को ५ करोड थान पोलिमर नोट छपाई गर्दा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो पाइएको अभियोगपत्रमा उल्लेख गरिएको थियो । 

बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगर्ने गरी राष्ट्र बैंकलाई घाटा पुर्याएको ठहर गर्दै मुद्दा दर्ता गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *