बालुवाटारबाट दुई दर्जन बढि मानव अधिकारकर्मी पक्राउ
२०७५ मंसिर २४ गते

मंसिर २४, काठमाडौँ । अन्तर्राष्ट्रिय मानव दिवसका दिन दुई दर्जन भन्दा बढि मानवअधिकारकर्मी पक्राउ परेका छन् ।
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका लागि न्याय माग्दै बालुवाटार पुगेका दुई दर्जन बढि मानव अधिकारकर्मीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
null
७०औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको असर पारेर मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको विरोध प्रर्दशन टोली दण्डहीनताको अन्त्य र मानवअधिकार संरक्षण गर्न तथा निर्मलाका हत्यारालाई कारबाही गर्न र महिलामाथि भइरहेको अत्याचार अन्त्य गर्न माग गर्दै उनीहरु बालुवाटार पुगेका थिए ।
निषेधित क्षेत्र तोड्न खोजेपछि समाजका संस्थापक सभापति कृष्ण पहाडीसहितका २ दर्जनबढि मानव अधिकारकर्मीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
२०७५ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








