कैलालीमा कृषि हाट मेला लाग्ने

पुस १३, कैलाली । कैलालीको लम्की चुहा नगरपालिका वडा नं. ८ गप्कामा कृषि हाट बजार मेला लाग्ने भएको छ । बृहत गप्का टोल सुधार समितिको आयोजनामा यहि पुष १४ गते शनिबारका दिन लाग्ने कृषि हाट बजार मेलाको बारेमा आज गप्कामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । 

लम्की चुहा नगरपालिका भित्रका किसानले उत्पादन गरेका ताजा स्वाच्छ, तरकारी तथा खाद्यान्न सामाग्रीहरुको प्रर्दशनीका साथै उचित मूल्य पाउँन भन्ने उद्देश्यले कृषि हाट बजार मेलाको अयोजना गरिएको संयोजक नरेन्द्र बहादुर शाहीले बताए । 

पत्रकार सम्मेलनमा संयोजक शाहीले मेलामा कृषि, खाद्यान्न सामाग्री मात्र नभएर स्थानिय कला, संस्कृतिको पहिचान गरी मनोरञ्जनात्मक क्रियाकलापहरु पनि प्रस्तुत गरीने बताए । साथै पत्रकार सम्मेलनमा गाउँ टोलमा उत्पादन गरेका किसानले तरकरी,फलफूलको स्वयम् मुल्य निर्धारण गर्न सकुन र उपभोक्ताले पनि ताजा, स्वच्छ तरकारी उपभोग गर्न पाउँन भन्ने उद्देश्य रहेको बताए । 

null

मेलामा साँस्कृतिक कार्यक्रमका साथै गित गलज, मुक्तक पनि पत्येक शनिबारका दिन प्रस्तुत गर्न सकिने शाहीले बताए । पत्रकार सम्मेलनमा बिभिन्न क्षेत्र तथ समाजमा योगदान पुर्याएका संघ संस्था र व्यक्तिलाई सम्मान समेत गरिने संयोजक शहीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *