केआई नेपालको सहयोगमा बन्धक नौं महिलाको उद्धार


पुस १५ कृष्णनगर । भारतमा बिगत सात महिना देखी बन्धक बनाएर राखिएको नेपाली नौं महिलाहरुलाई केआई नेपालको सहयोगमा बिहीबार उद्धार गरी उनीहरुको परिवारमा जिम्मा लगाईएको छ । उनीहरुलाई वैदेशिक रोजगारीमा लाने प्रलोभन देखाएर भारतको नयाँ दिल्ली स्थित पहाडगञ्जको रिङ्गो होटलमा महिनौ दिन देखि बन्दक बनाएर राखिएको थियो ।
उद्धार गरिएको महिलाहरु रसुवा, सुनसरी, मोरङ, दाङ, पाल्पा, रुपन्देही र बागलुङका थिए । उनीहरुलाई कपिलवस्तुको कृष्णनगर नाकाबाट स्वदेश फिर्ता गरिएको छ ।
null
पालको सुनौली तथा काँकडभिट्टा सिमानाकाको प्रयोग गरी सामान किन्न तथा घुम्न जाने भनी झुटो बोल्न लगाई सिमापार गराइएको उनीहरुले बताइएका छन्।
उद्धार गरिएको महिलाहरु भन्छन् उनीहरुलाई भारतमा लगेर भारतीय दलालले होटलको एक कोठामा राखी बन्धक बनाएको थियो । केआई नेपाल दिल्ली स्थित प्रतिनिधि नवीन जोशीले दिएको जानकारीअनुसार विभिन्न सात जिल्लाबाट फरक-फरक व्यक्तिसँगको सम्पर्कबाट वैदेशिक रोजगारीकाे शिलशिलामा ती महिलाहरू भारत पुगेका थिए ।
केआई नेपालका कार्यक्रम निर्देशक ईन्द्रराज भट्टराईको भन्छन् बढ्दो वेरोजगारको समस्याले मानव बेचबिखनको जोखिममा पर्नसक्ने सम्भावना उच्च रहेकाले यसतर्फ सरोकारवाला सबै पक्षको ध्यान जानुपर्ने बताउँछन्
आजभोली मानब तस्कार बढ्दो रुपमा छाईरहेको छ, वैदेशिक रोजगारीले ल्याएको समस्या पछिल्लो समयमा निकै जटिल एवं कठिनाई बन्दै गइरहेको छ । जसको चपेटामा भारतको बाटो हुँदै तेस्रो मुलक पुगेर हजाराैँ दिदी-बहिनीहरू दुःखकष्ट भोग्न बाध्य भएका छन्
