पुष १४ मा हाँस्यकलाकार गणेश ईशाराको एकल प्रस्तुति

पुस ६, धरान । हाँस्यव्यंग्यको क्षेत्रमा आफनौ छुटै पहिचान बनाउन सफल कमेडियन कलाकार गणेश ईशारा समाज सेवामा सर्मपित हुँदै पिडितहरुको सहयोगार्थ राहत पुर्याउने उदेश्यले देशभर गणेश ईसारा एकल कमेडी सो कार्यक्रम गरी आर्थिक संकलन अभियान नै चलाएका छन । 

 

यहि सन्दर्भमा उनले पुस १४ गते धरानबाट आफनो पहिलो कमेडी शो शुभारम्भ गर्ने भएका छन् । समाज सेवी बीरमाया राई ‘सोभोमा’ को जन्म जयन्तीको अवसर पारेर पुस १४ बाट सो कमेडी सो सुरु गर्न लागेको ईशाराले शुक्रबार धरान १० स्थित किरात यायोख्खाको भवनमा गरेको पत्रकार भेटघाटको क्रममा जानकारी गराएका थिए । 

null

उनका अनुसार पहिलो सो धरानबाट सुरु गरी त्यसपछिका दिनहरुमा देशका प्रमुख शहरहरुमा एकल कमेडी शो गर्ने र सो सो पुरा गर्न करिब ६ महिना लाग्ने समेत बताए । ईशाराले आज सम्म गरेका कमेडीलाई प्याकेजकै रुपमा प्रस्तुत गर्न लागेको सो कमेडी सो सुनसरीको धरान, उदयपुरको बेल्टार,चितवन ,पोखरा,दोलखा,सिन्धुपाल्चोक,र काठमाडौका बिभिन्न स्थानमा हुनेछ । 

उनले यसअघि २०७१ सालमा काठमाडौंको नाचघरमा पहिलो पटक नेपालमै कमेडी एकल शो गरेका थिए । उनले हालसम्म दर्जन भन्दा बढी स्टेज शोहरु गरिसकेका छन् । देशव्यापी गरिने एकल कमेडी शो बाट उठेको रकमले समाज सेवी बीरमाया राई ‘सोभोमा’ अक्षय कोष निर्माण गरिनुका साथै खडा गर्ने अक्षयकोषले गरिब, बिपन्न, वर्ग समुदाय, जेहेन्दार विद्यार्थी, वृद्धवृद्धा बिरामीको उपचारमा कठिनाई भएकाहरु तथा अनाथ बालबालिका लागी सहयोग गरिनेछ । 

भोजपुर बासीखोरा निवासी ईशारा बिगत २ दशकदेखी अनावरत रुपमा हाँस्य क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् । सम्मेलनमा ईशाराले आफु जन्मेको १२ महिनादेखी आफना मावलका अजुरआमा वीरमाया राईले नै पालनपोषण गरेको र उनीलाई आफु कमाउने बेला सम्ममा आफुलाई समेत छोडेर गएपछि तीनै हजुरआमा बीरमायाको सम्झना स्वरुप सो अक्षयकोषको स्थापन गर्न लागेको बताए । 

ईशाराले यसभन्दा अगाडी ‘साढेतन्त्र’ नामक आफना गाइजात्रे एकल भिसिडी एल्वम निकालेका छन भने ‘भद्रगोल डटकम, सदन हल र भट्टी पसल उस्तै उस्तै’ लगायतका एक दर्जन म्युजिक भिडियोमा अभिनय गर्नुका साथै निर्देशन पनि गरि सकेका छन् । त्यस्तै ईशाराले पुर्न जीवन साँगीतिक साँझ मार्फत भोजपुरकी सृजना राई,दोलखाकी कौशीका ठकुरी,खोटाङका हस्तबहादुर तामाङ,खोटाङकै ललिता चाम्लिङ सुब्बा,धरान बस्दै आएका भोजपुरका मुटु रोगी राजेन्द्र राई लाई सहयोग गरिसकेका छन । 

युवा प्रतिभाशाली कमेडियन ईशाराले यस पटक पुर्वाअञ्चल बागिना कला केन्द्र धरानको आयोजनमा आफनो कलालाई एकल रुपमा प्रस्तुत गर्ने भएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *