‘चुरीफुरी डटकम’ को ट्रेलर सार्वजनिक

पुस ११, काठमाडौँ । चर्चित कलाकार, निर्देशक तथा निर्माता निर्मल शर्मा र कमलकान्त मैनाली निर्देशित तथा रमेश एमके पौडेलको निर्माणमा रमाईलो वेब सिरिज ‘चुरीफुरी डटकम’ को ट्रेलर सार्वजनिक भएको छ । 

 

गजीत बिस्ट, रजनी केसी, केशब भट्टराई, कमलकान्त मैनाली, शिवहरी आचार्य, प्रमोद पौडेल, निर्मल शर्मा, मुकुन्द मैनाली, कबी ज्यू, रबी शर्मा घाटो, सुनीता श्रेष्ठ, स्वनीका बास्तोला, रितु, अस्मीता खनाल, रामेश्वर केसी, सुभाष गजुरेलको अभिनय ट्रेलरमा हेर्न सकिन्छ । 

null

शान्तीप्रियको शब्दमा लोकप्रिय बरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाको सङ्गीत र आवाजलाई सुदीप सागरले अरेञ्ज गरेका छन् । सङ्गीतकार शम्भुजित बास्कोटालाई पनि ट्रेलरमा हेर्न सकिन्छ । यस वेब सिरिज मा राजु केसीको छायाङ्कन तथा बिजी बीका गौतम राज खड्काले यसको सम्पादन रहेको छ । 

 

रमाईलो वेब सिरिज ‘चुरीफुरी डटकम’ नयाँ वर्ष सन् २०१९ को जनवरीभित्र “Bodh HD” को YouTube Channel (https://www.youtube.com/bodhihd) बाट हेर्न सकिनेछ ।”Bodh HD” ले नयाँ पुस्ता तथा हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो सामाग्रीहरु पस्किने लक्ष्य स्वरुप अहिले च्यानलबाट नेपालकै प्रथम Sci-Fi कथा समेटिएको SMS IN TIME तथा Nepgasm को Stand-UP कमेडी पनि प्रशारण गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *