गुगलमा ‘इडियट’ लेख्दा ट्रम्पको तस्विर किन आउँछ ?

 

मंसिर २६, काठमाडौँ । सर्च इञ्जिन गुुगलमा यदि तपाईँले इडियट (Idiot) टाइप गरेर इमेजमा (Image) क्लिक गर्नुभयो भने यसको सबै नतिजामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्विर देख्न सक्नुहुने छ । 

डोनाल्ड ट्रम्पले यसलाई गुगलले उनको विरुद्धमा नकारात्मक खबर सर्च गर्नमा अहम भूमिका निभाइरहेको आरोप लगाएका थिए ।  

null

हालै अमेरिकी सांसदले पनि यसबारे आपत्ति जनाउँदै सीइओ सुन्दर पीचईसँग यसको कारणबारे सोधखोज गरेका छन् । 

सुन्दर पीचईले प्रविधिको आधारमा यस्तो भएको जवाफ दिएका छन् । उनले भने, ‘कसैले पनि बुझेर ट्रम्पको छवि बिगार्ने कोशिस गरेका छैनन् । यसमा कुनै मानविय हस्तक्षेप छैन ।’ 

जानकारी अनुसार, पीचईले गुगल सर्चमा जब कोही किवोर्ड हाल्छन्, तब एल्गोरिथमका आधारमा त्यसले वेब पेज र फोटो खोज्ने गर्दछ । 

‘सर्च इञ्जिनलाई यसरी बनाइएको छ कि, जब कुनै शब्दलाई बारम्बार खोज्ने गरिन्छ, तब सर्च इञ्जिन त्यो किवोर्डलाई लोकप्रियको श्रेणीमा राख्ने गर्दछ’, पीचईले भने । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गुगलले आफ्नो छवि खराब बनाइरहेको आरोप लगाउँदै सर्च इञ्जिनविरुद्ध कारबाही गर्ने तयारीमा लागेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *