अल्छी व्यक्तिको लागि क्यानाडामा यस्तो जागिर खुल्यो

पुस ११ ।  प्रायस् जागिर दिने कम्पनीले परिश्रमी, क्षमतावान्, सीप भएका मानिसहरूलाई प्राथमिकता दिन्छन्, जो अल्छी छ उसले जागिर पाउन गाह्रो हुन्छ । 

 

तर यो संसारमा अल्छीका लागि समेत अवसर रहेछ । क्यानाडाको एक कम्पनीले अल्छी मानिसहरूका लागि मात्र भन्दै एउटा जागिर खोलेको छ । 

null

क्यानाडाको सरेस्थित एक थिम पार्क कम्पनीले प्रकाशित गरेको जागिरको विज्ञापनले अहिले सबैको ध्यान तानेको छ । कम्पनीले प्रकाशित गरेको विज्ञापन अनुसार उक्त जागिरमा केवल अल्छी मानिसले मात्र दरखास्त हाल्न पाउनेछन् । 

कम्पनीको नियमअनुसार थिम पार्कमा एक जना कर्मचारी भर्ना गरिँदैछ जो अल्छी हुनु आवश्यक छ । वास्तवमा कामको प्रकृति नै त्यस्तै छ । 

उक्त कर्मचारीको काम नै पान्डाजस्तै देखिने पोसाक लगाएर दिनभर थिम पार्कमा बसिरहनु हो । जागिर खान चाहने मानिस वन्यजन्तुप्रेमी पनि हुनुपर्नेछ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *