पिएसजीले दोहोरो अग्रता जोगाउन सकेन, बोर्डोले तोड्यो जितको यात्रा

एजेन्सी – पेरिस सेन्ट जर्मनको दवदवामा बोर्डो बाधक बनेको छ । सतप्रतिशत जित निकाल्दै अगाडि बढेको पिएसजीलाई बोर्डोले आइतबार राति बराबरीमा रोकेको हो । 

बोर्डोको घरेलु मैदानमा २-२ को बराबरीको नतिजा निकाल्यो । यो नतिजासँगै पिएसजीको सतप्रतिसत जितको यात्रा टुुंगियो, इदपी उ लिगमा अपराजित भने छ । 

 

null

पीएसजीले पहिलो हाफको ३४ अौं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । ड्यानी अाल्भेसको पासमा नेयमारले गोल गर्दै पीएसजीलाई अगाडि बढाएका थिए । बलमा पकड जमाएपनि पीएसजीले आक्रमण बुन्न भने सकेन । पहिलो हाफमा पाहुना टोलीले १-० अग्रता बनायो । 

दोस्रो हापको सुरुवातमा घरेलु टोली खेलमा फर्कियो । ५३ अौं मिनेटमा यान कारमाअोको पासमा जिमी ब्रायन्डले गोल गर्दै खेल बराबरीमा ल्याए । ६६ अौं मिनेटमा पीएसजीले पुन: अग्रता बनायो । जुलियन ड्राक्सलरको पासमा युवा स्टार किलियन एमबाप्पेले गोल गरे । 

 

खेलको ६ मिनेट समय बाँकी रहँदा बोर्डोले फेरि बराबरी गोल फर्कायो । म्याक्सिम पाउन्जेको पासमा अान्द्रिएस कर्नेलियसले गोल गरेपछि पीएसजी बराबरीमा अायो । अन्तिम समयमा पीएसजीले जित्ने मौका पाएपनि फरवार्ड चुपो मोटिङले अवसरको सदुपयोग गर्न सकेनन् । 

नेयमार दोस्रो हाफमा चोट बोकेपछि मैदान छाडेर गएका थिए । उनको स्थानमा ५७ अौं मिनेटमा चुपो मोटिङ अाएका थिए । एमबाप्पलेलाई पनि खेलदौरान ह्यामस्ट्रिङको समस्या देखिएको थियो । यद्यपि उनले पुरै समय खेले । 

 

यस नतिजासँगै पीएसजीको शत प्रतिशत जित यात्रा टुंगियो । १५ अौं खेलमा बराबरीमा रोकिएपनि पीएसजीले अंक तालिकामा फराकिलो अन्तर कायम राखेको छ । १५ खेलमा १४ जित र १ बराबरसहित ४३ अंक जोडेको पीएसजी दोस्रो स्थानको मोन्टपेलेरभन्दा १४ अंक अगाडि छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *