प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुनुवाइ आज

पुस १५, काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका विषयमा आज छलफल हुँदैछ ।
राणाविरुद्ध परेका ९ वटा उजुरी तथा भावी कार्ययोजनाका विषयमा छलफल गर्न आइतबार संसदीय सुनुवाइ विशेष समितिले बैठक आह्वान गरेको हो । दिउँसो २ बजे बस्ने समितिको बैठकमा सुनुवाइका लागि राणालाई बोलाइएको छ । सुनुवाइपछि राणाको नाम अनुमोदन गर्ने या नगर्ने निर्णय हुनेछ।
null
न्याय सम्पादनका क्रममा राणाले विभिन्न व्यक्ति र समूहबाट आर्थिक लाभ लिएर हैसियतभन्दा बढी सम्पत्ति आर्जन गरेकाले उनको सम्पत्ति छानबिन हुनुपर्ने उजुरीमा माग थियाे ।
गत मंसिर २७ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका न्यायाधीश राणालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो।
संवैधानिक परिषदको सिफारिसमा परेका प्रस्तावित प्रधानन्यायाधीश राणाका लागि पुस २ गते १० दिने म्याद राखेर संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरिएको गरेको थियो।
समितिले गत बिहीबार मात्रै उनीविरुद्ध परेका उजुरी खोलेको थियो। समितिले नाम अनुमोदन गरेपछि राणा नेपालको २८ औँ प्रधानन्यायाधीश बन्नेछन्।








