सात वर्षको उमेरमै २ अर्ब आम्दानी गर्छन् रियान !

 

मंसिर १८, काठमाडौँ । एक सात वर्षका बालकले कमाई गर्छन् भन्दा पत्याउन गाह्रो पर्ला । तर अमेरिकाका रियान नामका बालकले सात वर्षको उमेरमा खेलौनाहरुको रिभ्यु गरेर आफ्ना आमाबुवालाई राम्रो आम्दानी दिइरहेका छन् । 

रियानले आफ्नो युट्युब च्यानल रायन टोयज रिभ्युमा विभिन्न खेलौनाहरुको रिभ्यु गरेर यो वर्ष मात्रै २२ मिलियन अमेरिकी डलर आम्दानी गरेका छन् । योसँगै रियान युट्युबमार्फत बढी आए गर्ने युट्युब स्टार समेत बनेका छन् । 

null

फोब्र्स म्यागेजीनले उनलाई २०१७ सालमा नै दुनियाँको सबैभन्दा ज्यादा आम्दानी गर्ने स्टारको सूचीमा राखेको थियो । 

 

मार्च २०१५ मा शुरु भएको रेयान टोइज रिभ्युको भिडियो अहिलेसम्म १६ अरब भन्दा ज्यादा मानिसहरुले हेरिसकेका छन् । यो च्यानलको १७.३ मिलियनले सब्सक्राइबर छन् । आय २० मिलियन अमेरिकी डलर रहेको फोब्र्सले जनाएको छ । 

पछिल्लो वर्ष वासिङ्टन पोस्टलाई दिएको इन्टरभ्यूमा रेयानकी आमाले भनेकि थिइन्, ‘यूट्युब च्यानलको ख्याल तब आयो जब रियान तीन वर्षको थियो । रियान सानो उमेरदेखि नै खेलौनाको रिभ्यू गर्ने टीभी शो खुब हेर्ने गर्दथ्र्यो ।’ 

आफ्नो पहिचान नबताउने शर्तमा उनले भनेकी थिइन्, ‘एक दिन रियानले मलाई सोध्यो कि, अन्य बच्चाहरुको जस्तै यूट्युब मा म किन छैन ? तब हामी एक खेलौना पसलमा गयौँ र एक ट्रेन खेलौना खरिद गरी यो कार्यको थालनी गर्यौँ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *