हेलिकप्टर दुर्घटनामा मेक्सिकोका गभर्नर, सिनेटरकाे मृत्यु

 

पुस १०, मेक्सिको । मेक्सिकोमा सोमबार हेलिकप्टर दुर्घटना हुँदा पुब्ला राज्यका गभर्नर, उनका श्रीमान्, सिनेटरको मृत्यु भएको छ । 

उक्त दुर्घटनामा सिनेटर राफेल मोरेनो भाल्ले एवं उनकी पत्नी र गभर्नर मार्था एरिका अलोन्सोको मृत्यु भएको हो । 

null

मेक्सिकोका राष्ट्रपति मानुएल लोपेज ओब्राडोरले ट्वीट गर्दै गहिरो समवेदना व्यक्त गरेका छन् । उनले दुर्घटनाको अनुसन्धान शुरु भइसकेको जानकारी दिए । 

साथै, दुर्घटनामा हेलिकप्टरका दुई चालक र एकजना सहयोगीको समेत मृत्यु भएको छ । पुब्लाको सान्ता मारिया कोरोनान्गो क्षेत्रबाट उडेको १० मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो । 

गभर्नर अलोन्सोले गत डिसेम्बर १० मा मात्र पदभार ग्रहण गरेका थिए । उनी पुब्लाको पहिलो महिला गभर्नर थिए । उनका पति सन् २०११ देखि २०१७ सम्म पुब्लाको गभर्नर थिए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *