फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक, १३५ जना घाइते, एक हजार ७०० पक्राउ

मंसिर २३, पेरिस । फ्रान्समा राष्ट्रपति म्यानुअल माँक्रोको राजीनामाको माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो टिसर्टधारीमध्ये एकहजार ७२३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

देशका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी उनीहरुलाई पक्राउ गरिएको गृह मन्त्रालयले आइतबार जनाएको छ । पक्राउ परेकामध्ये एकहजार २२० जनालाई अर्को आदेश नभएसम्म थुनामा राख्न आदेश दिइएको छ । 

शनिबार भएको प्रदर्शनमा एक लाख ३६ हजारभन्दा बढी प्रदर्शनकारीहरुले भाग लिएको बताइएको छ । प्रदर्शनका क्रममा भएको झडपमा परी १३५ जना घाइते पनि भएका छन् । 

null

गत महिना इन्धनको मूल्यवृद्धि गर्ने राष्ट्रपतिको निर्णय विरुद्धको प्रदर्शन हिंसात्मक हुँदै गएपछि अहिले प्रदर्शनकारीहरुले राष्ट्रपतिकै राजीनामा माग्न थालेका छन् । 

फ्रान्सको सीमा क्षेत्रमा बेल्जियमका युवाले पनि ऐक्यबद्धता जनाउँदै प्रदर्शनमा भाग लिएका छन् । त्यहाँबाट पनि दर्जनाैँ गिरफ्तार भएका थिए । 

प्रहरीले युवाले पहेँलो टिसर्ट लगाएर प्रदर्शन गरेका र जसका कारण असुरक्षा नहोस् भनेर प्रदर्शनस्थलमा ठूलो संख्यामा प्रहरी खटाएको जनाएको छ । 

प्रदर्शनकारीले सवारी आवागमनमा रोक लगाएका थिए । उनीहरुले राजमार्गमा नै प्रदर्शन गरेका थिए भने सर्वसाधारण मानिसलाई बाटो हिँड्न पनि दिएका थिएनन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *