नेपाल जेसिजकाे अध्यक्षमा महेश पाैडेल विजयी

 

जनकपुर । नेपाल जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशन वाट वर्ष २०१९ को नेतृत्वको लागि अध्यक्ष पदमा भारी मतले इटहरी जेसिजका महेश पाैडेल विजयी भएका छन् । 

शनिबारबाट जनकपुरमा सुरु भएको राष्ट्रिय महाधिवेशनबाट ९२१ मतसहित पाैडेल विजयी भएका हुन् । उनका निकटतम प्रतिदाेण्डी सुदिप राज भण्डारीले २४३ मत प्राप्त गरे । नेपाल जेसिजकाे कार्यकारिणी उपाध्यक्षमा ८९० मत सहित रविन पाेखरेल क्रमश श्यामसुन्दर पाैडेल ७४१, रमेश चन्द्र भुसाल ६८७, अमेश ढकाल ६४३ मत सहित विजयी भए । 

null

 

राष्ट्रिय उपाध्यक्ष पदका लागि थानकाेट जेसिजका माेहन लाल डाँगी, भकुण्डे जिसिजकी रूक्मणी सिग्देल, त्रिभुवन नगर जेसिजका लालमणी भण्डारी, रामनगर जेसिजका भाेजराज चापागाई ,काठमाडौ जेसिजकी ईनु थापा, पाटन जेसिजकाे सुमन कृष्ण श्रेष्ठ, वर्सामादीकाे हरिकुमार शर्मा, सिद्धार्थ नगर जेसिजकाे कमल भण्डारी, गाेकुल साप्काेटा गैडाकाेट, कृष्ण प्रसाद अर्याल नवलपुर जेसिज, अतरियाँ जेसिज दिनेश वाेहरा विजयी भएका हुन । 

विजयी पश्चात् नव न्युत्त अध्यक्ष महेश पाैडेलले लाखौं युवाहरूकाे मन मस्तिष्कमा वस्न र समाज परिवर्तनको लागि नयाँ र बिशिस्ट कार्य याेजनाकाे साथ अगाडि बढ्ने बताए । नेपाल जेसिजकाे राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदका विजयी रविन पाेखरेलले, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपालकाे नाम राेशन वनाउने जिम्मा युवाहरूकाे हातमा आएकाे बताए । 

 

नेपाल जेसिजका निर्वतमान अध्यक्ष सिनेटर श्रीधर वस्यालले नेपालकाे अग्रगामी परिवर्तनको संवाहक बन्न सफल जेसिजकाे मूल्य मान्यतालाई जनस्तरमा अझै परिस्कृत बनाउनु पर्ने बताए । महाधिवेशनमा देशभरबाट करिब दुई हजार प्रतिनिधि जनकपुरमा भेला भएका हुन । 

शनिबारबाट जनकपुरमा सुरु भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ३१ जनाको उमेदवारी दिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =