नेपाल आइडलबाट अमित बराल बाहिरिए

मंसिर २१, काठमाडौं । नेपाल आइडलको सिजन २ बाट अमित बराल बाहिरिएका छन् । दर्शकको भोटिङ्गको आधारमा सबैभन्दा कम भोट पाएर अमित टप ५ बाट बाहिरीएका हुन् ।  

अब नेपाल आइडलको टप ४ मा विक्रम बराल, रवि ओड, अस्मिता अधिकारी र सुमित पाठक बाँकी रहेका छन् । यो हप्ता सुमित पाठकले सबैभन्दा बढि भोट पाएका थिए । बिहिबारको प्रस्तुतिमा रवि ओडले केहि शब्द विर्सिएपनि दर्शकले उनलाई सुरक्षित गराए ।  

अमित बरालले दुई महिना अघि गाएको पन्छी गीत गाउँदा दर्शक, निर्णायक सबैलार्इ रूवाएका थिए । नवलपरासी बर्दघाटका २४ वर्षिय अमितले प्रतियागिताबाट बाहिरिएपनि सांगितिक यात्रालाई निरन्तरता दिने बताए । 

null

बरालको परिवार पुर्ख्यौली थलो पाल्पादेखी २०४० सालमा नवलपरासी बसाई सरेको थियो । 

अमितका बुवा जिवन बराल विगत १७ वर्षदेखी रोजगारीको शिलशिलामा कतारमा काम गर्दै आएका छन् भने आमा सीता गृहिणी हुन् । अमित माईलो छोरा हुन् भने एउटा बहिनी र भाइ छन् । उनका जेठा दाजू सुमित बरालको असामयिक निधन भएको थियो । उनीपनि सांगितिक क्षेत्रमा पाइला चाल्ने क्रममा रहेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *