कृषि कार्यालयका प्रमुखसहित १२ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

 

पुस १०, काठमाडौँ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले दैलेख कृषि कार्यालयका प्रमुखसहित १२ जना कर्मचारी विरुद्ध भ्रष्टातार मुद्दा दायर गरेको छ । 

अख्तियारले कृषि कार्यालयका तत्कालिन प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा. नरहरि घिमिरेसहित १२ कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । सिड किट्स वितरणमा अनियमितता भएको अनुसन्धानमा पाइएपछि अख्तियारले कारबाही थालेको हो । 

null

कर्मचारी र ठेकेदारको मिलेमतोमा सिड किट्स खरिद नै नगरी खरिद गरेको देखाइ ढुवानीसमेत गरेको नक्कली विल भर्पाई बनाएर भुक्तानी लिएको पाइएको अख्तियारले जनाएको छ । 

अख्तियारले तत्कालिन कार्यालय प्रमुख डा. नरहरि घिमिरेसँग १० लाख ५० हजार ९ सय ६१ रुपैयाँ विगो माग दावी गरेको छ । 

अख्तियारले वागवानी विकास अधिकृत सूर्यनाथ योगी, कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर थापा, लेखा अधिकृत ढालबहादुर हमाल, प्राविधिक सहायक गमान सिंह थापा, वागवानी विकास अधिकृत भुवनबहादुर मल्ल, नायब सुब्बा नमराज थापा, लेखापाल रामकुमार शाह, प्राविधिक सहायक मिमबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

त्यस्तै  नायब प्राविधिक सहायक रगबहादुर वपाल, प्राविधिक सहायक पूर्णबहादुर थापा र जिल्ला समन्वय समितिका सव इन्जिनियर रामप्रसाद शर्मा र ताजा तरकारी उत्पादन समूह दैलेखका अध्यक्ष प्रेमबहादुरविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।   

वागवानी विकास अधिकृत सूर्यनाथ योगीसँग १८ लाख ३६ हजार ४०० विगो माग गरेको छ भने लेखा अधिकृत ढालबहादुर हमालसँग १२ लाख ४६ हजार ४ सय ८१ रुपैयाँ विगो माग दावी गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fourteen =