मृत्यु हुनेको संख्या १६८ पुग्यो, ७४५ जना घाइते

 

पुस ८, जकार्ता । इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको संख्या १६८ पुगेको छ भने ७४५ जना घाइते भएका छन् ।  

आइतबार बिहान इन्डोनेसियाको समुद्रीतटमा आएको सुनामीका कारण धेरै नागरिकको ज्यान गएको बताइएको छ । सो सुनामीका कारण कम्तीमा पनि १६८ जनाकाे मृत्यु भएकाे र ७४५ जना घाइते भएका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको छ । 

null

 

सो विभागकाअनुसार पछिल्लो समाचारमा करिब ७४५ जना घाइते भएका छन् भने कयाैँ व्यक्ति हराइरहेका छन् । हराएको व्यक्तिको खोजी गर्न कठिनाई देखिएको छ । 

 

समुद्री तटमा अझै पनि सुनामीको सम्भावना रहेको बताइएको छ । जसका कारण अहिले पनि सो क्षेत्रमा सतर्कता अपनाइएको जनाइएको छ । 

 

ज्वालामुखी बिस्फोट भएका कारण आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा पानिमुनि पहिरो गएको हो । जसले गर्दा सुनामी आएको हो । सुनामीका कारण जाभा र सुमात्रा टापुमा रहेका आइल्याण्डका बासिन्दा प्रभावित भएको छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *