राष्ट्रपतिको बुहारीलार्इ आफु ज्यूँद रेहेको  जब प्रष्टीकरण दिन पर्याे

मंसिर २५  । नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले आफू ज्यूँदै रहेको प्रष्टीकरण दिइरहनु परेको छ । पोल्याण्डमा बस्ने नाइजेरियन समुदायलाई सम्बोधन गर्ने क्रममा बुहारीले आफू ज्यूँदै रहेको घोषणा गर्नुपरेको हो । 

 

पोल्याण्डस्थित नाइजेरियन समुदायले सोधेको एउटा अनौठो प्रश्नको उत्तरले उनले आफू ज्यूँदै रहेको सनाखत गर्नुपर्यो । जलवायु सम्मेलनमा भाग लिन पोल्याण्ड गएका राष्ट्रपतिलाई आफ्ना नागरिकसँग भएको भेटघाटको कार्यक्रममा तपाईं साच्चिकै राष्ट्रपति बुहारी हो कि राष्ट्रपति बुहारीको क्लोन हो ? भनेर सोधिएको थियो । 

null

आफू वास्तविक राष्ट्रपति नभै क्लोन भएको भन्ने खालको अफवाहको उनले खण्डन गरे । उनले एउटा ट्वीटसमेत गर्दै लेखेका छन्, ‘पोल्याण्डमा नाइजेरियन समुदायसँगको बैठकका क्रममा एउटा प्रश्न मलाई सोधियो कि म क्लोन हुँ कि साच्ची मान्छे । अज्ञानता भरिएको अफवाह आश्चर्यजनक छैन । किनकि गत वर्ष जब म स्वास्थ्यका कारणले विदामा थिएँ तब मानिसहरुले मेरो मृत्यु भएको ठाने ।’ 

बुहारीले भने, ‘म असली मान्छे हुँ, तपाइँलाई विश्वास दिलाउन चाहन्छु । मैले छिटै आफ्नो ७६ औँ जन्मदिन मनाउँदैछु र झनै मजबुत बन्नेछु । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *