राजपाका नेताहरुलाई प्रधानमन्त्री ओलीले बोलाए बालुवाटार
मकालु खबर
२०७५ पुस १० गते
काठमाडौं। सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको राजपालाई मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयास थालेका छन् । यही प्रयासस्वरुप ओलीले आज राजपाका नेताहरुलाई वार्ताका लागि बालुवाटार बोलाएका छन्।
आज १० बजे हुने वार्तामा राजपाका मागका सम्बन्धमा छलफल हुने बताइएको छ । ओलीले संविधान संशोधका लागि राजपाको सहयाेग अपरिहार्य हुने र त्यसका लागि समर्थन कायमै राख्न आग्रह गर्ने बुझिएको छ ।
वार्तामा राजपा अध्यक्ष मण्डलका सबै नेताहरु सहभागि हुनेछन् ।
null
मकालु खबर
२०७५ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित