‘जीरो’ रिलिजको दोस्रो दिन शाहरुखलाई झड्का ! कति भयो कलेक्सन ?

 

पुस ८, काठमाडौँ । बलिउडका बादशाह तथा बक्स अफिसका राजा मानिने शाहरुख खानको फिल्म् जीराेले बक्स अफिसमा  निराशा पैदा गरेकाे छ । रिलिजको दोस्रो दिन जीराेकाे कलेक्सन बढ्नुको सट्टा घटिरहेको छ । 

करिब १६ महिनापछि शाहरुख खान २१ डिसेम्बरमा ठूलो पर्दामा उत्रिएका छन्, आफ्नो चलचित्र जीरो लिएर । हालको वर्षमा इमोश्नल र संवेदनशील चलचित्रका हिट मेशिन मानिने आनन्द एल रायले पहिलो पटक शाहरुख खानको चलचित्रको निर्देशन गरेका हुन् । 

null

शाहरुख खान, अनुष्का शर्मा र कटरीना कैफ जस्ता स्टारहरुको फिल्म जीरोले घरेलु बक्स अफिसमा शनिबार अर्थात् रिलिजको दोस्रो दिन १८ करोड २२ लाख रुपैयाँ मात्रै कलेक्सन गर्यो । फिल्मले २० करोड १४ लाख रुपैयाँको ओपनिङ्ग गरेको थियो । जुन सोचेभन्दा अत्यन्तै कम थियो । 

तर दोस्रो दिन त शाहरूखलाई त्यो भन्दा ठूलो झड्का लाग्यो । यो शाहरुख खानको फ्यानका लागि दिल तोडिने घटना हो । फिल्मले दुई दिनमा ३८ करोड ३६ लाख रुपैयाँ कलेक्सन गर्यो । जीरोले दोस्रो दिन ९.५३ प्रतिशत गिरावट दाबी गर्यो ।  

फिल्म् जीरो चार फिट भन्दा कम हाइट भएको पुड्को सिंहको कहानी हो, जुन रोल शाहरुखले निभाएका छन् । चलचित्रमा अनुष्का शर्मा एक साइन्टिस्टको रोलमा छिन्, जो सेरेब्रल पाल्सी नाको बीमारीबाट ग्रसित हुन्छिन् । शाहरुखकी दोस्रो हिरोइन हुन् कटरीना कैफ जो एक फिल्म् स्टारको रोलमा छिन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *