बिरामी बालबालिकालाई उपहार बाँड्न अस्पताल पुगे ओबामा (भिडियोसहित)

 

पुस ५ । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा क्रिसमसको अवसरमा बालबालिकालाई उपहार दिनका लागि काँधमा उपहारको धोक्रो बोकेर अस्पताल पुगेका छन् । 

बासिंटन डिसीस्थित चिल्ड्रेन्स नेशनल हस्पिटलका बाल बालबालिकालाई उपहार बाँड्न ओबामा उपहारको धोक्रो बोकेर अस्पताल पुगेका हुन् । ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ। 

null

उनले सबै बालबालिकालाई उपहार बाँडेका छन् । शीरमा रातो फ्लपी टोपी र काँधमा धोक्रो बोकेर ओबामा पुगेका उनलाई देखेर सबै अचम्मित बने । 

 

ओबामाले अस्तालमा उपचार गराईरहेका बिरामी बालबालिकाहरुलाई भेटेर उपहार बाँडेर रमाइलो गर्नुका साथै तस्वीरसमेत खिचाएका छन् । 

उनले बालबालिकासँग डेढ घन्टा बिताएको बासिंटन पोस्टले उल्लेख गरेको छ । 

 

https://www.washingtonpost.com/video/local/watch-obama-surprise-patients-at-dc-childrens-hospital/2018/12/19/e2dfb8e7-f7ae-4697-a9ea-fb6ba6361326_video.html 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *