प्रिया गुरुङले जितिन् ‘मिस हङकङ नेपाल २०१८ को उपाधि’
२०७५ पुस १४ गते

बेँसीसहर। लमजुङकी प्रिया गुरुङले मिस हङकङ नेपाल २०१८ को उपाधि जितेकी छन्। बुधबार हङकङमा भएको प्रतियोगिताको ग्रान्ड फिनालेमा सात प्रतिस्पर्धीलाई उछिन्दै प्रियाले मिस हङकङ नेपालको ताज पहिरिएकी हुन्।
प्रतियोगिता मिस नेपाल हङकङ सोसाइटीले आयोजना गरेको हो। मिस हङकङ नेपालको ताजसँगै प्रियाले १० हजार हङकङ डलर पाएकी छन्।
उनले मिस पपुलरको उपाधिसँगै थप एक हजार पाँच सय डलर पनि प्राप्त गरेको आयोजकले जनाएको छ। बेँसीसहर–७ निवासी प्रिया बाबुआमा बुद्धिप्रसाद र अम्बिका गुरुङसँगै हङकङमा बस्छिन्। उनका बाबुआमा हङकङमा रोजगारी गर्छन्।
null
प्रतियोगिताको फस्ट रनरको उपाधि नेहा राई र सेकेन्ड रनरको उपाधि जानिवा श्रेष्ठले जितेका थिए।
२०७५ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित








