सेभिलालाई पछि पार्दै बार्सिलोना लिगको शीर्षस्थानमा फर्कियो

एजेन्सी । साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा फर्किएको छ । सेभिल्लालाई अल्भासले बराबरीमा रोकेको फाइदा बार्सिलोनालाई मिल्यो । बार्सालाई टक्कर दिइरहेको अर्को टोलि एथ्लेटिको मड्रिडले पनि जित निकाल्न नसकेकै रात बार्सिलोनाले भिया रियललाई २ ( ० ले हराएर शीर्ष स्थानमा फर्किएको हो । 

 

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन जेरार्ड पीके र कार्लेस अलेनाले एक एक गोल गरे । 

null

भिया रियलविरुद्ध खेलको ३५ औं मिनेटमा पीकेको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । खेलको ८७ औं मिनेटमा अलेनाले गोल गर्दै बार्सिलोनाको जित थप सुनिश्चित गरे । 

 

जितसँगै शीर्ष स्थानमा फर्किएको बार्सिलोनाले १४ खेलबाट २८ अंक जोडेको छ । समान खेलबाट सेभियाको २७ र एथ्लेटिको मड्रिडको २५ अंक छ । 

आइतबार राति नै भएको खेलमा सेभिया डिपोर्टिभो अलाभेससंग १ – १ गोलको बराबरीमा रोकिएको थियो । यसको फाइदा बार्सिलोनालाई पुग्यो । 

यस्तै लिगको तेस्रो स्थानको एट्लेटीको मड्रिड पनि जिरोनासंग १ (- १ गोलको बराबरीमा रोकियो । अल्भास लिगको चौथोस्थानमा हुँदा अर्को हस्ती रियल मड्रिड पाँचौ स्थानमा छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *