दोहोरो झडपमा ६ तालिबानी लडाकू मारिए

पुस ६, घाज्नी । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा तालिबान लडाकू र सरकारी सुरक्षाबलबीच भएको दोहोरो झडपको क्रममा कम्तीमा छ तालिबानी लडाकू मारिएका छन् । 

घाज्नी प्रान्तको खोगीआजी जिल्लामा भएको दोहोरो झडपमा परी छ लडाकू मारिनुको साथै अन्य तीन तालिबान घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले जानकारी दिए । 

नुरीका अनुसार खोगीआनी जिल्लाको करिज गाउँमा अज्ञात सङ्ख्यामा आएका तालिबान लडाकूले सुरक्षा चौकीमा आक्रमण गरेका थिए । घाज्नी प्रान्तमा सक्रिय तालिबान समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *