टर्कीमा रेल दुर्घटना, चारको मृत्यु ४३ घाइते

२०७५ मंसिर २७ गते

मंसिर २७, अङ्कारा । टर्कीको राजधानी अङ्कारामा बिहीबार भएको एक रेल दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै ४३ घाइते भएका छन् ।
गुडिरहेको रेलले मर्मतकार्य गर्ने अर्को रेलको इन्जिनलाई ठक्कर दिएपछि उक्त दुर्घटना भएको रेल अधिकारीले बताएका छन् ।
एकै रेल लाइनमा दुई इन्जिन जुधेर भएको सो दुर्घटनाबाट चार सर्वसाधारणको मृत्यु हुनुका साथै ४३ घाइते भएको अङ्कारा राज्य गभर्नर भसिप साहिलले जानकारी दिनुभयो । सरकारले उक्त दुर्घटनाका बारेमा अनुसन्धान शुरु गरेको छ ।
null

२०७५ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित