विराट कोहलीलाई किन भनियो घमण्डी खेलाडी ?

पुस ३, काठमाडौँ । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीको एक भिडियो सामाजिक सञ्जालमा शेयर भइरहेको छ । जसमा उनले भनेका छन्, ‘जसलाई विदेशी खेलाडी मनपर्छ, उनीहरु भारतमा बस्न आवश्यक छैन ।’ 

विराट कोहलीको यो भिडियो उनको जन्मदिनमा लञ्च गरिएको एपमा अपलोड गरिएको छ । यस भिडियोमा उनी ट्वीटर र इंस्टाग्राममा आएको सन्देश पढिरहेका छन् । 

यसै समयमा उनले एक सन्देश पढे, जसमा कसैले उनलाई ‘ओभररेटेड’ खेलाडी भनेका थिए । 

null

यस यूजरले लेखेका थिए, ‘तपाईँ ओभररेटेड खेलाडी हुनुहुन्छ । व्यक्तिगत रुपमा म तपाईंमा केही खास देख्दिन । मलाई भारतीय भन्दा ब्रिटियन र अस्ट्रेलियाली ब्याट्सम्यानहरु मन पर्छ ।’ 

 

यसको जवाफमा विराटले भने, ‘मलाई लाग्छ कि तपाईँ भारतमा बस्नु आवश्यक नै छैन ।’ 

यूजरको कमेन्टमा विराट कोहलीले आफ्नो देशमा बसेर अन्य देशको खेलाडी मन पर्छ भन्नुहुन्छ ? भन्दै प्रश्न गरेका छन् । ‘तपाई मलाई मन पराउनुहुन्न केही छैन तर हाम्रो देशमा बसेर कुनै अन्य देशका चिजहरु मन पराउनु राम्रो हुँदैन ।’ 

 

यस्तै हिन्दी सिनेमामा सार्थक चलचित्रबाट आफ्नो पहिचान बनाएका नसीरुद्दीन शाहले विराट कोहलीलाई लक्षित गर्दै सोमबार फेसबुकमा एक पोष्ट शेयर गरे । 

 

शाहले आफ्नो पोष्टमा लेखेका छन्, ‘विराट कोहली उत्कृष्ट क्रिकेटर मात्रै होइनन् उनी संसारकै सबैभन्दा खराब व्यवहार गर्ने खेलाडी पनि हुन् । क्रिकेटको प्रतिभासँगै उनीसँग घमण्ड र खराब व्यवहार पनि छ । अनी अर्को कुरा मलाई मेरो देश छोड्नुपर्ने कुनै कारण छैन ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *