२.० को धमाकेदार कलेक्शन, तेस्रो दिनमा कति कमायो ?

 

मंसिर १६, काठमाडौँ । रिलिज अगावै २ सय करोड कमाएको २.० ले रिलिजको तेस्रो दिन लगभग २५ करोड भारु कलेक्सन गरेको छ । 

साउथका सुपरस्टार रजनीकान्त र बलिउडका खेलाडी अक्षय कुमारको २.० ले दोस्रो दिन पनि बक्स अफिसमा धमाका मच्चाएको थियो । पहिलो दिन चेन्नईमा २.३७ करोड भारु कमाई गरेको यो चलचित्रले दोस्रो दिन चेन्नईमा मात्रै ४.७७ करोड भारु कमायो । 

null

यो चलचित्रले अहिलेसम्म करिब सय करोड भारुको कमाई गरिसकेको छ । 

लगभग पाँच सय करोडको लागतमा बनेको यो फिल्मले सेटलाइट, डिजिटल राइट्समार्फत योभन्दा बढी कमाइसकेको छ । 

फिल्मको सबै भाषाका संस्करणको कूल कमाई लगभग सय करोड भारु बताइएको छ । यो फिल्मलाई लायका प्रोडक्शनले निर्माण गरेको हो र यसको हिन्दी संस्करणलाई धर्मा प्रोडक्सनले डिस्ट्रिब्यूट गरिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *