जलेर खरानी भयो माइली साइरस र जेरार्ड बटलरको घर, यसरी पोखे पीडा

मंसिर २, काठमाडौँ । क्यालिफोर्नियाको जंगलमा लागेको भीषण आगलागीमा हलिउड सेलिब्रेटी जेरार्ड बटलर र माइली साइरसको घर जलेर खरानी भएको छ । 

डढेलो गाउँ सहरमा फैलिएर हालसम्म ७६ जनाको मृत्यु भइसकेको आगलागीमा उनीहरुले आफ्नो घर गुमाए । 

सामाजिक सञ्जालमा पीडा शेयर गर्दै हलिउड फिल्म ३०० का अभिनेता जेरार्ड बटलरले लेखेका छन्, ‘पुरै क्यालिफोर्नियाको लागि यो दुःखद् घडी हो ।’ 

null

 

त्यस्तै गायिका माइली साइरसले पनि ट्वीटरमा पीडीतका लागि सहानुभुति प्रकट गरेकी छिन् । उनले आफ्नो घर नष्ट भएको पनि बताइन् । उनले सहयोगको अपील पनि गरेकी छिन् । 

 

 

डढेलो करिब ५० प्रतिशत नियन्त्रणमा आइसकेको बताइएको छ । यद्यपि अधिकारीहरूले पूर्ण रूपमा नियन्त्रणमा आउन यो महिनाको अन्त्यसम्म लाग्न सक्ने अनुमान गरेका छन् । 

डढेलोबाट जङ्गल आसपासमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको र त्यसको पुनःनिर्माणका लागि केही वर्ष लाग्ने बताइएको छ । 

 

खोजी अझै जारी रहेकाले मृतकको सख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीले बताएका छन् । 

यही नोभेम्बर ८ मा उत्तरी क्यालिफोर्नियाको जङ्गलमा अकस्मात आगो सल्किएको र प्रतिकूल मौसमका कारण द्रुत गतिमा फैलिएको थियो । 

डढेलोबाट झण्डै १० हजार निजी घर र दुई हजार ५०० भन्दा बढी अन्य भवन ध्वस्त भएका छन् ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *