दीपिकालाई लिन सी–प्लेन लिएर जाँदैछन् रणवीर ? जन्ती कति ?

कात्तिक २६, काठमाडौँ । रणवीर सिंह र दीपिका पादुकोण १४–१५ नोभेम्बरमा इटालीको लेक कोमोमा विवाह गर्दैछन् । 

उनीहरुको विवाहको विशेष तयारी भइरहेको छ । अहिले उनीहरु विवाहकै लागि इटालीमा छन् । उनीहरुको जोडी यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । 

उनीहरुको विवाहमा झण्डै ३० जना पाहुना सहभागी हुने बताइएको छ । उनीहरुको विवाह स्थलमा मोबाइल लैजान सबैलाई निषेध गरिएको छ । विवाहको तस्बिर लीक नहोस् भनेर यस्तो गरिएको हो । 

null

त्यस्तै अहिले उनीहरुको विवाहको प्रसंगमा नयाँ कुरा चर्चामा आएको छ । रणवीर सिंहले आफ्नी दुलही दीपिकालाई लिन सामुन्द्रिक विमानमा जन्ती लिएर जाने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 

सो सामुन्द्रिक विमानमा १४ जना बस्न मिल्ने व्यवस्था छ । त्यसैले यसमा उनको परिवार र नजिकका साथीहरु मात्रै सहभागी हुनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *