सडक दुर्घटनामा परी १२ ले ज्यान गुमाए

कटाक, उडिसा, मङ्सिर ५  । भारतीय शहर जयपुरनजिकै कटाकमा मङ्गलबार भएको एक बस दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् । बसमा करिब तीस जना यात्रु सवार थिए । 

केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले उक्त दुर्घटनास्थलको भ्रमण गरेका छन् । उनले अस्पतालमा गएर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिएको समाचारमा जनाइएको छ । 

स्थानीय ताल्चेरबाट कटाकतर्फ आइरहेको बस महानदी नदीको पुलबाट नदीमा खस्दा यो दुर्घना भएको हो । कटाक प्रशासनले उद्धार कार्य जारी राखेको मन्त्री प्रधानले जानकारी दिए । 

null

उडिसा राज्यका मुख्यमन्त्री नवीन पटनायकले यस घटनामा मारिएको व्यक्तिका परिवारजनलाई २ लाख भारु क्षतिपूर्ति दिइने घोषणा गरिएको जानकारी दिए । 

यस दुर्घटनामा मारिएका व्यक्ति प्रति पटनायकले दुःख व्यक्त गरेका छन् । साथै घाइते भएका व्यक्तिहरुलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *