आईतबार फिजीमा शक्तिशाली भूकम्प गयो

लम्बासा, फिजी, मंसिर ३ । टापुहरुले घेरिएको देश फिजीमा आइतबार साँझ शक्तिशाली भूकम्प गएको छ । यो भूकम्प ६.७ म्याग्नीच्युड मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ । 

स्थानीय समयानुसार आइतबार राति ८ः२५ बजे भूकम्प गएको थियो । यस भूकम्पका कारण मानवीय र भौतिक क्षतिको कुनै समाचार भने प्राप्त भएको छैन । हालसम्म सुनामीको चेतावनी समेत दिइएको छैन । 

फिजीमा बारम्बार भूकम्प जाने र ज्वालामुखीले सताउने गरेका छन । गत सेप्टेम्बरमा पनि फिजीमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको थियो । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *